नेपाल इन्भेष्मेण्ट बैंक स्थापनाको ३५ वर्ष पूरा, सातै प्रदेशमा पुग्यो शाखा

काठमाडौं । नेपाल इन्भेष्मेण्ट बैंक लिमिटेड (एनआईबीएल) स्थापनाको ३५ औं वर्षको कोशेढुंगा पार गरेको छ ।

देशका सातै प्रदेशहरूमा फैलिएका ८७ शाखा, ३० एक्सटेन्सन काउन्टर, ५९ शाखारहित बैंकिङ केन्द्र र १३० एटीएममार्फत गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

विगत ३५ वर्षको अवधिमा २९ अर्ब रुपैयाँको पुँजीगत आधारका साथमा संगठित क्षेत्र (कर्पोरेट), साना तथा मझौला उद्यम (एसएमई) र व्यक्तिगत ग्राहकहरू गरी १२ लाखभन्दा अधिक ग्राहकहरूलाई सेवा पु¥याइ सकेको छ र यस अवधिमा रु १६९ अर्बको निक्षेप संकलन तथा रु १५५ अर्ब रुपैयाँको कर्जाको पोर्टफोलियो कायम गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here