कृषिमा मिलिजुली ठेकेदारी रोक्ने मन्त्रीको दाबी

काठमाडौं, १४ फागुन । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषिभित्र रहेको मिलिजुली ठेकेदारी प्रथा तोड्ने बताएकी छन् ।

मिलिजुलीमा ठेक्का दिने र काम नगर्ने प्रवृत्ति र अनुदानमा बेथिती जस्ता विकृत्ति तोडेरै छाड्ने उनको भनाइ छ ।

‘तपाईहरुले बारम्बार कुरा उठाउँदै आउनुभएको छ । कृषिमा मिलिजुली, ठेकेदारी प्रथा, अनुदानमा बेथिती जस्ता समस्या रहेका छन् । यति पैसा लगेपछी यति मलाई भन्ने विकृत्ति तोडेरै छाड्छौं,’ शुक्रबार मन्त्रालयमा पत्रकारहरुसँग अन्तक्र्रिया गर्दै उनले भनिन् ।

कालिमाटी फलफूल तथा तरकारी बजारमा देखिएको बेथिती तोड्नका निम्ती कार्यबिधी बनाइसकेको भन्दै उनले त्यहाँ देखिएको फोहोर व्यवस्थापन, स्टल व्यवस्थापन र सवारीसाधन व्यवस्थापनमा देखिएका समस्यालाई सिस्टममा ल्याएरै छाड्ने पनि बताइन् । हिजोको कालिमाटी नभएर फरक खालको कालिमाटी देख्न पाउनुहुनेछ, उनले भनिन् ।

किसान सेन्टर एकद्वार प्रणाली स्थापना गर्ने तयारी गरिएको पनि मन्त्री अर्यालले जानकारी दिइन् ।

कृषिको सूचना व्यवस्थित गर्ने सन्दर्भमा किसान सेन्टरमार्फत एकद्वार प्रणाली स्थापना गर्ने तयारी मन्त्रालयले गरेको छ ।

‘प्रविधि प्रशारण र प्रविधि हस्तान्तरण महत्वपूर्ण कुरा हो । अहिले जम्मा २० प्रतिशत किसानले मात्र प्रविधिको प्रयोग गर्ने रहेछन्’, मन्त्री अर्यालले भनिन्, ‘प्रविधिको प्रयोग गर्ने किसानहरुको संख्या बढाउदै जानुपर्छ । हामीले किसान सेन्टर एकद्वार प्रणालीको स्थापना गरेर कृषिको सूचना व्यवस्थापन गछौ ।’

आफूले पदभार ग्रहण गर्दैगर्दा उखुँँ किसानहरुको चर्को समस्या रहेको भन्दै समस्या समाधानका निम्ती के गर्न सकिन्छ भनेर उपायहरु खोज्दैजाँदा सम्बन्धित मन्त्रालय नभएपनि किसानहरुको मर्का समाधान गर्न ३ दिनभित्र निकास निकालेको उनको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here