आइपीओको नतिजा हेर्न अब अन्यत्र चहार्नु नपर्ने, यस्तो छ सजिलै हेर्न पाइने नयाँ तरिका

काठमाडौं, १५ फागुन । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले साधारण सेयरको नजिता हेर्ने नयाँ वेबसाइट निर्माण गरेको छ । आइपीओको नतिजा प्रकाशन गर्न सञ्चारमाध्यमलाई नदिने भएपछि वेबसाइट सार्वजनिक गरेको हो ।

शुक्रबार बाँडफाँट भएको महिला लघुवित्तको आइपीओको नतिजा हेर्न लगानीकर्तालाई धेरै सास्ती भोगेका थिए । यही समस्यालाई समाधान गर्दै सीडीएससीले आइपीओको नतिजा हेर्नका लागि नयाँ तरिका अपनाएको छ ।

तर लगानीकर्ताको अत्यधिक चापका कारण दुवै वेबसाइटले काम गर्न नसकेपछि सम्पूर्ण लगानीकर्ताको चाप मेरो सेयरमा परेको थियो । जसका कारण मेरो सेयरमार्फत प्रदान गरिने अन्य सेवाहरु समेत प्रभावित हुन पुगेका छन् ।

अब लगानीकर्ताले सजिले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सकिने भएको छ । बाँडफाँट हेर्ने लगानीकर्ताको चापका कारण मेरो सेयरमा समस्या आएपछि ईडीआईएस सेवा प्रभावित भएको छ ।

जसले गर्दा फागुन १३ गते कारोबार भएर १६ गते हुने राफसाफ तथा फर्छ्यौट हुने कारोबारको ईडीआईएस प्रविष्टि गर्ने समयावधी १६ गते बिहान ७ बजेसम्मका लागि कायम गरिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here