स्पेनिस ला लिगा : बार्सिलोना आज सेभिल्लासंग भिड्दै, दोस्रो स्थानमा उक्लने मौका

काठमाडौं । स्पेनिस ला लिगा मा आज बार्सिलोना सेभिल्लासंग भिड्दै छ ।

सेभिल्लाको घरेलु मैदानमा नेपाली समय अनुसार रातको ९ बजेबाट सुरु हुने खेल बार्सिलोनाले जितेमा दोस्रो स्थानमा उक्लने छ ।

अहिलेसम्म लिगमा २४ खेल खेलेको बार्सिलोना १५ खेलमा जित, ५ खेलमा बराबरी र ४ खेलमा पराजित हुँदै ५० अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ ।

यता अहिलेसम्म २३ खेल खेलको सेभिल्ला ४८ अंकसहित अंक तालिकाको चौंथो स्थानमा छ ।

२३ खेलमा ५५ अंक जाडेको एथ्लेटिको मड्रिड अंक तालिकाको पहिलो स्थानमा छ । त्यस्तै, २४ खेलमा ५२ अंकसहित रियल मड्रिड दोस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here