आइतबारदेखि ‘निफ्रा’को कारोबार लगानी समूहमा, चन्द्रागिरिको पनि हेरफेर

काठमाडौं, १५ फागन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइतबारदेखि हुने कारोबारमा १६ वटा परिसूचक गणना गर्ने भएको छ ।

नेप्सेका अनुसार फागुन ७ गते नेप्सेको व्यवस्थापनले गरेको निर्णय अनुसार आइतबारदेखि लागू हुने गरि केही सूचिकृत कम्पनीको समूह विभाजनमा हेरफेर तथा नयाँ समूहको व्यवस्था गरिएको हो ।

यस अघि अन्य समूमहमा सूचीकृत विभिन्न कम्पनीलाई लगानी समूह र होटल तथा पर्यटन समूहमा बाँडिएको नेप्सेले जनाएको हो ।

यसअघि नेप्सेमा ११ समूहगत परिसूचक रहेकोमा अब लगानी समूह थप गरी १२ वटा समूहका समूहगत परिसूचक कायम गरिएको छ ।

आइतबारदेखि समूहगत १२ परिसूचकसँगै म्युचुअल फण्ड, नेप्से परिसूचक, नेप्से फ्लोट, सेन्सेटिभ इन्डेक्स र सेन्सेटिभ फ्लोट गरी १७ परिसूचक गणना गर्न लागिएको हो ।

लगानी समूहमा यसअघि अन्य समूहमा रहेका नागरिक लगानी कोष, हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडलाई राखिएको छ ।

यसका साथै, होटल तथा पर्यटन समूहमा चन्द्रागिरि हिल्स (सीजीएच)को थपिएको छ र यसअघि होटल समूहमा रहेका ओरियण्टल होटल लिमिटेड, तारागाउँ रिजेन्सी होटल र याक एण्ड यति होटल लिमिटेड होटल तथा पर्यटन समूह अन्तर्गत रहेर कारोबार हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here