मेसी चम्केपछि बार्सिलोना दोस्रो स्थानमा उक्लियो

काठमाडौं, १६ फागुन । बार्सिलोना स्पेनिस ला लिगा फुटबालको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति सम्पन्न खेलमा सेभियालाई २-० गोल अन्तरले हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लिएका हो ।

बार्सिलोनाको जितमा ओसुमान डेम्बेले र लियोनेल मेसीले एक एक गोल गरेका हुन् । डेम्बेलेले खेलको २९औ मिनेटमा बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए भने मेसीले खेलको ८५औ मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए ।

जितपछि बार्सिलोनाको २५ खेलमा ५३ अंक भएको छ भने एक खेल कम खेलेको रियल म्याड्रिड २४ खेलमा ५२ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै सेभियाको भने २४ खेलमा ४८ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ । ला लिगामा २३ खेलमा ५५ अंक रहेको एटलेटिको म्याड्रिड शिर्ष स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here