शिखर इन्स्योरेन्सले २९.२३ प्रतिशत लाभांशपछि ३० प्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं, १६ फागुन । काठमाडौं। शिखर इन्स्योरेन्सले २९.२३ प्रतिशत लाभांश वितरणपछि ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न आगामी चैत ९ गते वार्षिक साधारणसभा डाकेको छ ।

कम्पनीले उक्त सभाबाट हाल कायम चुक्ता पूँजीको २७.७६ बोनस सेयर र कर प्रयोजनका लागि १.४६ प्रतिशत नगद गरी कुल २९.२३ प्रतिशत लाभांश पारित गर्ने भएको छ ।

यसैगरी, कम्पनीले उक्त लाभांश पारित गरेपछि कायम हुने चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभावमा ऐजेन्डाको रुपमा लैजाने भएको छ ।

यसैगरी, कम्पनीले सभामा संस्थापक सेयरधनीको हिस्सा घटाउने प्रस्ताव पनि लैजाने भएको छ । हाल कायम ६० प्रतिशत संस्थापकको हिस्सालाई ५१ प्रतिशतमा झारी सर्वसाधारणको हिस्सा ४० बाट ४९ प्रतिशत पुर्‍याइने कम्पनीले जनाएको छ ।

इन्स्योरेन्सको १५ औँ र १६ औँ वार्षिक साधारण चैत ९ गते सोमबार, बिहान ११ बजे केन्द्रीय कार्यालय, शिखर बिज सेन्टर, थापाथलीमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here