‘अदालतलाई प्रभाव पार्ने हाम्रो मनसाय हैन, प्रायोजित रूपमा मुद्दा दायर गरियो’ (पूर्णपाठ)

काठमाडौं, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतको अवहेलना गर्ने तथा अदालतलाई प्रभावित गर्ने आफ्नो कुनै मनसाय नभएको भनी सर्वोच्च अदालतसमक्ष जवाफ पेस गरेका छन्।

लिखित जवाफ बोकेर सर्वोच्च पुगेका दाहालले वर्तमान सरकारको नेतृत्वले आफूविरुद्ध प्रायोजित रूपमा तयार पारेको निवेदन दायर गरिएको उल्लेख गर्दै उक्त जवाफ पेस गरेका हुन् ।

प्रचण्डले माघ १६ गते विराटनगरमा गरेको विरोध सभामा भाषण गर्दा अदालतको अवहेलना गरेको भनी सर्वोच्चमा परेको रिटमाथि दायर भएको रिट प्रायोजित भन्दै खारेजीको समेत माग गरेका छन् ।

उनले अदालतमा परेका मुद्दामा संविधानका धारा र प्रावधान हेरेर व्याख्या तथा फैसला गर्ने भएको हुँदा नेताहरुले गर्ने भाषण, जुलुस तथा प्रदर्शनबाट अदालत प्रभावित नहुने आफ्नो विश्वास रहेको समेत बताएका छन्।

प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलनमा अदालतको मानहानी हुने गरी अभिव्यक्ति दिएको भन्दै दाहालविरुद्ध अधिवक्ता समिर हायुले रिट दायर गरेका थिए ।

रिटमा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न दाहाललाई आदेश दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here