‘प्रभु क्यापिटलको ‘९९९-ट्रिपल नाइन ! ट्रिपल बेनेफिट डिम्याट योजना’ सार्वजनिक

काठमाडौं, १६ फागुन । प्रभु क्यापिटलले डिम्याट खाता खोल्दा ९ वर्षसम्म खाता नवीकरण गर्नु नपर्ने अफर ल्याएको छ । क्यापिटलले ‘९९९ ट्रिपल नाइन ! ट्रिपल बेनिफिट डिम्याट योजना’ अन्तर्गत यस्तो अफर ल्याएको हो ।

डिम्याट सेवामा फरक ढंगबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको कम्पनीले ग्राहकलाई धेरैभन्दा धेरै सुविधा उपलब्ध गराउन नयाँ स्किम ल्याएको जनाएको छ।

यस योजना अनुसार प्रभु क्यापिटलमा डिम्याट खाता खोलेपछि ९ वर्षसम्म नवीकरण गर्नु पर्दैन। अर्थात ८ वर्षको नवीकरण आफैं हुनेछ। साथै, डिम्याट लिँदा मेरो सेयर लगइन निःशुल्क हुने छ।

पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसमा ५० प्रतिशत छुट उपलब्ध हुने छ।यी सबै सेवाका लागि शुरुमा ९९९ रुपैयाँ तिर्नुपर्ने क्यापिटलले जनाएको छ ।

प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा ‘८ टु ८’ अन्तर्गत सञ्चालित समयका साथै प्रभु बैंकको नेपालभरी रहेको शाखाबाट यो योजनामा सहभागी हुन पाइने छ।

प्रभु क्यापिटलको अनलाइन डिम्याट एप्लिकेसनबाट समेत डिम्याट खाताको आवेदन दिन सकिने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here