शेयर बजार राताम्मै : नेप्से ८० अंकले घट्दा साढे ८ अर्बको कारोबार

काठमाडौं, १६ फागुन । साताको पहिलो कारोबार दिन आज शेयर बजार राताम्मै भएको छ । आज नेप्से परिसूचक ७९.७४ अंकले घटेर २४७४.३९ अंकमा झरेको हो । यो संख्या कारोबार भएको अघिल्लो दिनको तुलनामा ३.१२ प्रतिशत कम हो ।

आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज इन्डेक्स १४.५३ अंकले घटेर ४४७.२९ अंकमा झर्यो ।

आइतबार कारोबारमा आएका मध्ये होटल/टुरिजम बाहेक अन्स सबै समुहको ूिचक घट्यो । होटल र टुरिजम समुहको सूचक ०.५४ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै इन्भेष्टमेन्ट समुहको घट्यो । उक्त समुहको सूचक ४.१३ प्रतिशत घट्यो । त्यस्तै, अन्य समुहको ३.८९ प्रतिशत घट्यो ।

आइतबार २०७ कम्पनीको १ करोड ६० लाख १७ हजार ३२२ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३५ करोडको कारोबार भयो ।

आज सबैभन्दा धेरै चन्द्रागिरी हिल्सका शेयर धनीले कमाए । कम्पनीको शेयर मूल्य ९.८१ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा गणपति लघुवित्तका शेयर धनी छन् । लघुवित्तको शेयर मूल्य ७ प्रतिशत घट्यो ।

आइतबार सबैभन्दा धेरै कारोबार शिखर इन्स्योरेन्सले गर्यो । इन्स्योरेन्सले १ अर्ब २ करोडको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here