शेयर बजारमा पहिरो, कति भयो ‘निफ्रा’ र चन्द्रागिरीको सेयर किनबेच ?

काठमाडौं, १६ फागुन । आइतबार शेयर बजार राताम्मै रह्यो । आज नेप्से परिसूचक ७९.७४ अंकले घटेर २४७४.३९ अंकमा झरेको झर्यो ।

आइतबार कारोबारमा आएका २०७ मध्ये १७१ कम्पनीको शेयर मूल्य घट्यो । सबैभन्दा धेरै गणपति लघुवित्तका घट्यो । लघुवित्तको शेयर मूल्य ७ प्रतिशत घट्यो ।

त्यस्तै, नेपाल इन्फास्टेक्चर बैंकको शेयर मूल्य प्रतिकित्ता ३५ रुपैयाँ घट्यो । ५३४ रुपैयाँ प्रतिकित्तामा कारोबार सुरु भएको बैंकको शेयर मूल्य प्रतिकित्ता ३५ रुपैयाँ घट्दै ५०८ रुपैयाँमा कारोबार बन्द भएको हो ।

आज बैंकको १२ लाख २९ हजार ८० कित्ता शेयर किनबेच भयो । बैंकले आइतबार ६३ करोड ४९ लाखको कारोबार गर्यो ।

आज चन्द्रागिरी हिल्सका शेयर धनीले भने सबेभन्दा धेरै कमाए । आइतबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३५ रुपैयाँ बढ्यो ।

प्रतिकित्ता ३७७ रुपैयाँमा कारोबार भएको कम्पनीको शेयर मूल्य ३७ रुपैयाँ बढेर कारोबार अन्त्य हुँदासम्म ४१४ रुपैयाँ प्रतिकित्ता कायम भएको हो । आइतबार कम्पनीको १५० कित्ता शेयर किनबेच भए ।

नेपाल फाइनान्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ। निफ्राको मूल्य प्रतिकित्ता ३५ रुपैयाँले घटेर ५०८ रुपैयाँमा झरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here