चोटग्रस्त नेयमार प्रशिक्षणमा फर्किए, बार्सिलोना विरुद्ध खेल्न सक्ने !

काठमाडौं । पेरिस सेन्ट जर्मनका स्ट्राइकर ब्रजिलियन नेयमार नेयमार प्रशिक्षणमा फर्किएका छन् । केही समयअघि चोटग्रस्त भएका नेयमार टिमको प्रशिक्षणमा फर्किएका हुन् ।

च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोनाविरुद्धको दोस्रो लेगको खेलको लागि तयारी गरिरहेको टिमको प्रशिक्षणमा नेयमार पनि सहभागी भएका हुन् । यससँगै तिघ्राको चोटका कारण पहिलो लेग गुमाएका नेयमार दोस्रो लेग खेल्ने सम्भावना बढेको छ ।

नेयमार प्रशिक्षणमा फर्किएसँगै पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोले उनले बार्साविरुद्धको दोस्रो लेग खेल्ने सम्भावना रहेको बताएका छन् । यसअघि नेयमारले दोस्रो लेगको खेलपनि गुमाउने बताइएको थियो ।

पोचेटिनोले नेयमारले राम्रो प्रशिक्षण गरिरहेको र शारीरिक रुपमा निकै फिट देखिएको बताए । नेयमारले चाँडै पिएसजीसँग नयाँ सम्झौता पनि गर्ने र त्यसले उनको मनोबल पनि अझ बढ्ने बताइएको छ ।

च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा बार्सिलोनाविरुद्ध पिएसजीले चार एकको फराकिलो जित निकालेको थियो । जसमा केलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here