‘चीन-नेपालमैत्री औद्योगिक पार्क’ को शिलान्यास, ४५ हजारले प्रत्यक्ष रोजगारी पाउने

काठमाडौं १६ फागुन । झापाको दमकमा नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’ को प्रधानमन्त्री केपी शर्मा ओली शिलान्यास गरेका छन् ।

दमक नगरपालिका–१०, कमल गाउँपालिका–७ र गौरादह नगरपालिका–५ को सङ्गमस्थलमा करिब एक हजार ३०० बिघा निजी जग्गा अधिग्रहण गरेर औद्योगिक पार्क बनाउन लागिएको हो ।

६५ अर्ब चिनियाँ लगानी

औद्योगिक पार्कमा रु ६५ अर्ब चिनियाँ लगानी रहने छ । शिलान्यास भएको दुई वर्षभित्र संरचना बनिसक्ने बताईएको छ । जग्गा धिग्रहण गरेबापत स्थानीयवासीलाई एक अर्ब ३६ करोड मुआब्जा दिनुपर्नेमा हालसम्ममा रु ९५ करोड उपलब्ध गराइसकेको छ । उक्त जग्गा ४० वर्षका लागि सरकारले पार्कलाई भाडामा दिएको हो ।

४५ हजारलाई प्रत्यक्ष रोजगारी

पार्कमा ४५ हजार नेपालीले प्रत्यक्ष रोजगारी पाउने छन् । पहिलो चरणमा २६ वटा कृषि, टेक्सटाइल, मोबाइल, विद्युतीयलगायतका कारखाना स्थापना हुने बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here