स्लिम शरिरको लागि सुत्नुअघि पिउनुहोस् यी तीन पेय पदार्थ

काठमाडौं । बढ्दो तौलको चिन्ता सबैलाई हुन्छ । तर, तौललाई कम गर्दै कसरी स्लिम शरिर बनाउने त यो सबैको लागि चुनौतिपुर्ण काम हुन्छ ।

जिममा घन्टौ पसिना बगाएपछि मात्रै स्लिम शरिर प्राप्ति हुने कुरा हामी जो कोहीबाट सुन्छौं । तर, राति सुत्नुअघि केही पेय पदार्थ पिउदा पनि शरिरको तौल कम गर्न सकिन्छ ।

यी तीन पेय पदार्थ सुत्नुअघि पिउँदा तौला घटाउन सहयोग गर्छ :

दालचिनीको चिया

कम समयमा नै तौला घटाउन चाहनेका लागि दालचिनीको चिया निकै उपयोगी हुने देखिएको छ । तौल बढ्दै जाँदा दालचिनीको चिया पिउनेहरुले तौला घटेको अनुभव गरेका छन् । यसले हाम्रो शरीरको मेटाबोलिजम र पाचन प्रणालीलाई सहज बनाउने भएकाले यो अत्यावश्यक देखिन्छ ।

मेथीको चिया

तौल बढ्ने मात्र होइन, निद्रा नलाग्ने समस्या पनि छ भने मेथीको चिया अर्को उत्तम विकल्प हो । मेथीले त पाचन प्रणालीको सुधारमा पनि निकै राम्रो काम गरेको हुन्छ । त्यसैले तौल बढेका र निद्रा नलाग्नेहरुले मेथीको चिया खानु उत्तम हुनसक्छ ।

केमोमाइल चिया

केमोमाइल चिया वजन घटाउनका लागि सबैभन्दा राम्रो चिया मानिन्छ । बढ्दो तौल घटनाउनका लागि राति सुत्नुअघि केमोमाइल चियाको सेवन गर्दा तौल घट्दै जाने प्रमाणित नै भएको छ ।

यसले तौल घटाउने मात्र होइन, राम्रो निद्रा पनि लाग्ने गरेको प्रमाणित भएको विभिन्न अनुसन्धानले देखाएका छन् ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here