बैंक तथा वित्तीय संस्थाले विद्युतीय कारोबार प्रर्बद्धनमा खर्च गर्नुपर्ने

काठमाडौं, १६ फागुन । बैंक तथा वित्तीय संस्थाहरुले अबदेखि उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट विद्युतीय कारोबार प्रर्बद्धनमा खर्च गर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तिय संस्थालाई जारी गरेको एकीकृत निर्देशिकालाई संसोधन गर्दै सो व्यवस्था गरेको हो ।

उक्त निर्देशिकामा संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट ५ प्रतिशतसम्म विद्युतीय कारोबार प्रवद्र्धनका लागि खर्च गर्न सकिने जनाइएको छ ।

निर्देशिकाको बुँदा नम्बर १६ को उपबुँदा ‘क’ मा खण्ड ९ थप गर्दै सो व्यवस्था गरेको हो । यसअघि यस्तो व्यवस्था थिएन ।

संशोधित निर्देशिकामा भनिएको छ, ‘संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट हुने खर्चको बढीमा ५ प्रतिशतसम्म विद्युतीय कारोबार प्रवद्र्धनका लागि खर्च गर्न सकिनेछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here