नेपाल बैकद्धारा एकैदिन ११८ जनालाई क्यू आर स्टेन्ड वितरण

काठमाडौं, १६ फागुन । नेपाल बैंकको पाल्पा शाखाले एकैदिन ११८ जनालाई फोन पे को क्यू आर स्टेन्ड वितरण गरेको छ ।

डिजिटल पाल्पा अभियानअन्तर्गत एकै दिन ११८ जनालाई फोन पे को क्यू आर स्टेन्ड वितरण गरिएको बैंकले जनाएको छ ।

तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाखीको उपस्थितीमा बैंकले ढाका कपडा व्यवसायी, कृषक, कानुनी सेवा व्यवसायी, सहकारी संस्था, विद्यालय, बाईक मर्मत पसल, होटल रेष्टुरेन्ट लगायत विविध क्षेत्रका व्यवसायीहरुलाई क्यू आर स्टेन्ड वितरण गरेको हो ।