बाहिर दुई शाखा खोलेका लघुवित्त कम्पनीले उपत्यकामा शाखा खोल्न पाउने

काठमाडौं, १७ फागुन । लघुवित्त कम्पनीहरुले काठमाडौँ उपत्यकामा पनि शाखा खोल्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले लघुवित्तहरुलाई जारी गरिएको एकिकृत निर्देशनलाई संशोधन गर्दै काठमाडौं उपत्यका बाहिर दुई वटा शाखा सञ्चालनमा ल्याएपछि मात्र काठमाडौं उपत्यकामा एक शाखा खोल्न स्विकृती दिने निर्देशिका जारी गरेको छ ।

जस अनुसार काठमाडौँ उपत्यका बाहिर (महानगरपालिका र उपमहानगरपालिका बाहेकका स्थानमा) २०७७ पुस मसान्तपछि २ वटा शाखा खोलि संचालनमा ल्याए पश्चात लघुवित्तहरुले लघुवित्तको शाखा नभएको स्थानीय तहको वडामा एक शाखा खोल्न सक्ने छन् ।

तर काठमाडौँ उपत्यका बाहिर खोलिने २ मध्ये १ शाखा गाउपालिकामा भएको हुनु पर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here