फेरी बढ्यो सुनको भाउ, चाँदीमा पनि सामान्य बृद्धि

काठमाडौ, १७ फागुन । बिगत एक सातादेखि लगातार ओरालो लागेको सुनको भाउ सोमबार सामान्य बृद्धि भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतबार सुन प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार २ सय ५० रुपैयाँ कायम भएको छ । आइतबार तेजाबी सुन प्रतितोला ८७ हजार ८ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।

त्यसैगरी सोमबार चाँदीको भाउमा पनि सामान्य बृद्धि भएको छ। आइतबार प्रतितोला १३ सय २५ रुपैयाँमा कारोवार भएको चाँदी आज बढेर १३ हजार ३० रुपैयाँ भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here