अन्तर्राष्ट्रिय क्रिकेट रंगाशाला निर्माणमा ११ करोड बढि उधारो, एक लाख दिनेले आफ्नो नामको कुर्सी राख्न पाउने

काठमाडौं, १७ फागुन । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एक लाख रुपैयाँ दिएर आफ्नो नामको कुर्सी राख्न पाइने भएको छ ।

फाउन्डेसनले पत्रकार सम्मेलन गरेर हाम्रो रंगशाला मेरो कुर्सी नाम अभियानको थालनी गरेको हो । जसमा कुनैपनि ब्यक्तिगत प्यारापिटमा आफ्नो र परिवारको नामको कुर्सी राख्न पाउने भएको छ ।

तर त्यसका लागि कुनैपनि ब्यक्तिले फाउन्डेसनलाई कम्तिमा एक लाख रुपैयाँ सहयोग गर्नुपर्नेछ । रंगशाला निर्माणका लागि आर्थिक संकलन जुटाउन फाउन्डेसनले यस्तो अभियानको सुरुवात गरेको हो । रंगशालामा अहिलेसम्म आर्थिक संकलन भएको भन्दा करिव ११ करोड रुपैयाँ बढि खर्च भएको छ ।

सो रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउन्डेसनले सार्वजनिक गरेको हिसावकितावमा तीन अर्व ५५ करोडको लगानी रहेको सो रंगशालामा अहिलेसम्म ३२ करोड ३० लाख २४ हजार रुपैयाँ उठेको र खर्च ४३ करोड, ४८ लाख रुपैयाँ खर्च भएको बताइएको छ ।

जसका कारण ११ करोड १७ लाख रुपैयाँ आम्दानी भन्दा बढि खर्च भएको जानकारी दिएको छ । रंगशाला निर्माणका लागि हुने कुल लागतको नौ दशमलव १० प्रतिशत मात्र रकम संकलन भएको जानकारी दिएको छ ।

रंगशालाको मैदानको काम ८५ प्रतिशत सम्पन्न भएको र प्यारापिट अन्तर्गतको काम करिव ३० प्रतिशत सकिएको बताएको छ ।

रंगशाला निर्माणका लागि बागमती प्रदेशले तीन करोड, भरतपुर महानगरपालिकाले आठ करोड, ललितपुर महानगरपालिकाले २० लाख, रत्न नगरपालिकाले ३० लाख, गरेर कुल ३२ करोड ३० लाख रुपैयाँ संकलन भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here