पुदिना : पात एक फाइदा अनेक

काठमाडौं । पुदिनाको अचार कमै मानिसलाई मन पर्दैन् । ये एक बहुगुणी वनस्पति हो । पुदिनालाई मुख र सास स्वच्छ राख्ने माध्यमको रुपमा लिइन्छ ।

पुदिना करीब दुई दर्जन प्रजातिमा भेटिन्छन भने करीब एक सय प्रकारको रहेको बैज्ञानिक अनुसन्धानबाट थाहा भएको छ । यसलाई सदियौँ देखि औषधिको रुपमा प्रयोग गरिदै आइएको छ । यस्ता छन् फाइदाः

१.पाचन प्रक्रिया

पुदिना भोक जगाउने बस्तु हो र साथै पाचन प्रक्रियामा पनि ठूलो भुमिका खेल्छ । जब तपाईलाई पेटको समस्या हुन्छ, पुदिनाको एक कप चिया खाँदा हल्का भएर आउँछ । पुदिनामा भएको रसायनले हाम्रो मुखमा हुने ग्रन्थीबाट तथा पाचन क्रियामा प्रयोग हुने इन्जाइम निकाल्न मद्धत गर्छ ।

२. मुख गन्हाउने समस्याबाट मुक्ति

मुख गन्हाउने समस्या भएकाहरुले पुदिनाको सुख्खा पातहरु लाई पिसेर मञ्जन गरे जसरी दाँतमा घोटेमा यसले मुखबाट आउने दुर्गन्धलाई कम गर्दछ । गिजालाई पनि यो विधिले बलियो पार्दछ ।

३. बान्ता र टाउको दुखाई समस्याको समाधान

पुदिनाको प्रयोगले बान्ता र टाउको दुखाईको समस्या समाधान गर्न सक्छ । यसको कडा तथा स्वच्छ बास्नाले बान्ता हुने तथा टाउको दुखाईको समस्या समाधान गर्छ । लामो यात्रामा निस्कदा हुने वाकवाकी हुदाँ पुदिनाको पात, तेल तथा पुदिना मिसाइएका बस्तु सुघ्नाले ठिक हुन्छ ।

४. रुघा ज्वरो र खोकीबाट छुटकारा

जाडो महिनामा ज्वरो र रुघा लागेमा अदुवाको रस सँग पुदिनाको पात थिचेर प्रयोग गर्नाले रोगलाई पूर्णरुपमा निको पार्न सहयोग गर्दछ । करिब एक गिलास पानीमा पुदिनाका १० वटा जति पातहरु, थोरै कालो मर्चा र थोरै कालो बिरेनुन हालेर उमाल्नु पर्दछ । पाँच मिनेट उमालिसकेपछि पानी छानेर पिएमा रुघा खोकीबाट बच्न सकिन्छ ।

५.स्मरणशक्ति बढाउन

एक अध्ययनले के देखाएको छ भने पुदिना स्मरणशक्ति, दिमागको सतर्कता, सोच्ने शक्ति, बौदिक कार्यसंग सम्वन्धीत छ । पुदिनामा भएको चुईगम चपाइ राख्ने मानिस अरु मानिसमा तुलनामा धेरै होसियार सतर्क र स्मरण शक्ति बढी भएको पाइएको छ ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here