शेयर बजारमा उछाल : नेप्से ४० अंकले बढ्दा ५ अर्ब ६९ करोडको कारोबार

काठमाडौं, १७ फागुन । साताको पहिलो कारोबार दिन राताम्मै रहेको शेयर बजारमा दोस्रो दिन भने उछाल देखिएको । आज नेप्से परिसूचक ४०.४६ अंकले बढेर २५१५.०३ अंकमा पुगेको छ । यो संख्या आइतबारको तुलनामा १.६४ प्रतिशत बढी हो ।

आज राम्रा र बलिया क्मपनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । इन्डेक्स ६.४६ अंकले बढेर ४५३.७५ अंकमा पुगेको हो ।

सोमबार कारोबारमा आएका सबै समुहको सूचक बढ्यो । आज सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक बढ्यो । ट्रेडिङको सूचक ३.३२ प्रतिशत बढ्यो ।

आइतबारको तुलनामा आज कारोबारमा भने कमी आएको छ । सोमबार २०९ कम्पनीको १ करोड १८ लाख ३८ हजार ४८८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६९ करोड २३ लाखको कारोबार भयो ।

सोमबार सबैभन्दा धेरै चन्द्रागिरी हिल्सका शेयर धनीले कमाए । कम्पनीको शेयर मूल्य ९.९० प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा सिटिजन म्यूचल फन्डका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य १.८४ प्रतिशत घट्यो ।

सोमबार सबैभन्दा धेरै कारोबार नेपाल इन्फा इस्टेक्चर बैंकले गर्यो । बैंकले ४४ करोड ४८ लाखको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here