सिंगटी हाइड्रोको आइपीओ बाँडफाँड, ४९० कित्तासम्म माग अनुसार

काठमाडौं, १७ फागुन । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आइपीओ बाँडफाँड गरेको छ । बिक्रि प्रबन्धक मेगा क्यापिटलले सोमबार दिउँसो आयोजना प्रभावित स्थानीय वासिन्दालाई निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको हो ।

बाँडफाँड मोडल अनुसार १० कित्ता देखि ४९० कित्तासम्मको लागि आवेदन दिने माग गरे बमोजिम कै शेयर पाएका छन् ।

५ सय कित्तादेखि माथिको लागि आवेदन गर्ने ५२३ जना लगानीकर्ता मध्ये गोलापर्था बाट २९९ जनाले थप १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा कम्पनीको शेयर अधिकतम ५०० कित्तासम्म पाएका छन्।

कम्पनीले माघ ४ गतेदेखि फागुन ३ गतेसम्म आयोजना प्रभावित (दोलखाको बिगु र कालिञ्चोक गाउँपालिका) स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि दिन सकिने ब्यबस्था थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here