मञ्जुश्री फाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं, १७ फागुन । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा १४ लाख कित्ता शेयर सूचीकृत भएको छ । सोमबार मञ्जुश्री फाइनान्सको १४ लाख ७२ हजार ६ सय कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर डिम्याट खातामा आएपछि शेयरधनीको दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here