साना किसान लघुवित्तको १२ हजार कित्ता शेयर १०० रुपैयाँमै किन्ने अवसर

काठमाडौं, १८ फागुन । साना किसान लघुवित्त वित्तीय संस्थाको शेयर लिलामीमा बिक्री हुने भएको छ ।

लघुवित्तले हकप्रद शेयर जारी गर्ने क्रममा बिक्री नभएका संस्थापकतर्फको ३ हजार ३६८ कित्ता र सर्वसाधरणतर्फको ९ हजार ७४ गरी कुल १२ हजार १२ हजार ४४२ कित्ता शेयर बढाबढ बोलकबोलमा लिलामी हुन लागेको हो ।

यो शेयरको न्यूनतम कबोल मूल्य १ सय रुपैयाँ रहेको छ ।

लघुवित्तको लिलामी शेयरमा फागुन २८ गतेदेखि चैत १३ गतेसम्म शिलबन्दीमार्फत आवेदन दिनु पर्नेछ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ नघटाइ आफूले किन्न चाहेको शेयर संख्या र मूल्यसहित बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् । लघुवित्तको लिलामी सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले बोलपत्र पेश गर्न सक्नेछन् ।

इच्छुक लगानीकर्ताले लघुवित्तको शेयर विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग, साना किसानको बिर्तामोड, इटहरी, अत्तरिया, बनेपा, नेपालगञ्ज, हेटौंडा, बुटवल, गजुरी, पोखरा, वीरेन्द्रनगर र बर्दिबास शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here