लगानीकर्ताको रोजाइमा ‘निफ्रा’, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १८ फागुन । मंगलबारको कारोबारमा पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर लगानीकर्ताको रोजाइमा परेको छ । सोमबार पनि सर्वाधिक रकमको कारोबार यसै कम्पनीले गरेको थियो ।

मंगलवार डेढ दुई घण्टाको कारोबार अवधि(१:३०बजेसम्म) सम्म रू. १४ करोड ७६ लाख ५ हजार बराबरको २ लाख ८० हजार १३७ कित्ता सेयर खरिद–बिक्री भएको छ।

सर्वाधिक रकमको शेयर कारोबार भैरहेको कम्पनीको शेयरमूल्य भने यो अवधिसम्म प्रतिकित्ता रू. ९ ले घटेर रू. ५२० मा झरेको छ ।

सोमबार पनि कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा निफ्रा पहिलो नम्बरमा देखिएको थियो । त्यसदिन निफ्राको ४४ करोड ४८ लाख ५२ हजार ६४७ रुपैयाँ बराबरको ८ लाख ६३ हजार ८०२ कित्ता सेयर खरिद–बिक्री भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here