फर्जी कागजात तयार गरी भूकम्प लाभग्राही सूचीमा नाम राख्नेलाई कारवाही हुन्छ : अध्यक्ष थापा

गोरखा । जिल्लाको शहिद लखन गाउँपालिका वडा नम्बर १ स्थित स्वास्थ्य चौकी भवन देखाएर भूकम्प लाभग्राही सूचीमा नाम लेखाउने ज्ञान प्रसाद सँग्रौला माथि छानविन गरी कारवाही हुने भएको छ ।

गाउँपालिका अध्यक्ष रमेश थापा मगर फर्जी कागजात तयार गरी भूकम्प लाभग्राही सूचीमा नाम राख्ने ज्ञान प्रसाद सँग्रौला माथि छानविन गरी कारवाही हुने बताएका हुन् ।

सोमबार देखि गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीको नाम जोडेर विभिन्न सञ्चार माध्यमले समाचार प्रकाशन गरेका थिए । ज्ञान प्रसाद सँग्रौला नाताले उपाध्यक्ष तिवारीको भाइ पर्छन् ।

साथै, अध्यक्ष थापाले गाउँपालिका उपाध्यक्ष माथि लगाइएका आरोपहरुमा सत्यता नभएको पनि बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here