मंगलबार कति भयो ‘निफ्रा’ र चन्द्रागिरीको शेयर किनबेच ?

काठमाडौं, १८ फागुन । मंगलबार शेयर बजारमा पहिरो गएको छ । आज नेप्से परिसूचक ५९.७७ अंकले घटेर २४५५.२६ अंकमा झरेको छ ।

कारोबारमा आएका २०८ कम्पनीमध्ये ६ कम्पनीको सेयर मूल्य घटेको छ ।

त्यस्तै, नेपाल इन्फास्टेक्चर बैंकको शेयर मूल्य प्रतिकित्ता १५ रुपैयाँ घट्यो । ५२९ रुपैयाँ प्रतिकित्तामा कारोबार सुरु भएको बैंकको शेयर मूल्य प्रतिकित्ता १५ रुपैयाँ घट्दै ५१४ रुपैयाँमा कारोबार बन्द भएको हो ।

आज बैंकको २५ करोड ८० लाख ७१ हजार २९५बराबरको ४ लाख ९४० हजार ६६६ कित्ता सेयर खरिद–बिक्री भएको छ।

आज चन्द्रागिरी हिल्सका शेयर धनीले भने सबैभन्दा धेरै कमाए । कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४५ रुपैयाँ बढेर पोजेटिभ सर्किट लाग्दै प्रतिकित्ता ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस दिनकम्पनीको १ लाख ९४० रुपैयाँ बराबरको २०५ कित्ता शेयर किनबेच भयो ।

साल्ट ट्रेडिङको मूल्य १० प्रतिशतले बढेको छ। साल्ट ट्रेडिङको मूल्य ९ हजार २२३ रुपैयाँ छ। त्यस्तै हिमालय पावर पार्टनरको मूल्य ८.८ प्रतिशतले बढेको छ। कम्पनीको मूल्य प्रतिकित्ता ३९२ रुपैयाँ छ।

यस दिन नेपाल हाइड्रो डेभलपर्सको मूल्य सबैभन्दा धेरै ७ प्रतिशतले घटेको छ। सो गिरावटपछि कम्पनीको मूल्य प्रतिकित्ता २७९ रुपैयाँ कायम भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here