‘बीएण्डसीलाई सञ्चालन अनुमति दिन कसैले रोक्न सक्दैन, कोही अनसन बस्छन् भने बसुन्’

काठमाडौं, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बिर्तामोडमा निर्मित बीएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिन कसैले रोक्न नसक्ने बताएका छन् ।

झापाको बिर्तामोडमा आज पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

मापदण्ड नपुगेको भन्दै लामो समयदेखि रोकिएको सम्बन्धन् दिने विषयमा प्रधानमन्त्रीले घोषणा नै गरिदिएका हुन् । बीएण्डसी अस्पतालको मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अगाडि बढेको बताउँदै काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिने बताए ।

बीएण्डसी टिचिङ अस्पताल बनाउने काम अगाडि बढिसकेको काम उनै दुर्गा प्रसाईंलाई थाहा छ, अब यो शिक्षण अस्पतालको रुपमा परिचित हुनेछ, यसको सम्बन्धन काठमाडौं विश्वविद्यालयले दिँदैछ,’ उनले भने ।

ओलीले मेडिकल कलेज र अस्पताल बन्दा केही मानिस अनसन बस्ने र बसाइने गरेको भन्दै डा गोविन्द केसीमाथि लक्षित आलोचना गरे ।

‘आलोचना गर्ने गर्दै गर्छन् तर हामी काम गर्छौं ’ उनले भने, ‘नदेख्न खोजेपछि केही लाग्दैन। यहाँ मेडिकल कलेज बन्छ भनेर कोही अनसन बस्छन् र कसैलाई बसाउन लगाइन्छ।’

नियमनअनुसार मेडिकले कलेजको सम्बन्धन राष्ट्रिय चिकित्सा शिक्षा आयोगको सिफारिसमा विश्वविद्यालयले दिनुपर्ने हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here