२०५० सम्ममा विश्वका एक चौथाई मानिसमा बहिरोपनको समस्या देखिन्छ : डब्ल्युएचओ

काठमाडौं । सन् २०५० सम्ममा विश्वका एक चौथाई मानिसलाई बहिरोपनको समस्या हुने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले बताएको छ ।

मंगलबार एक कार्यक्रममा डब्ल्युएचओ २०५० सम्ममा कान सम्बन्धी समस्याले भयावह स्थिती पैदा गर्ने बताएको हो । साथै, यसको रोकथामको लागि विशेष अभियान सुरु गर्नुपर्ने समेत डब्ल्युएचओले बताएको छ ।

रिपोर्टका अनुसार अहिले विश्वका हरेक ५ जना व्यक्तिमा एक जनामा कानको समस्या छ । यो संख्या अबको तीन दशकमा १.५ प्रतिशत बढेर २.५ विलियन पुग्ने चेतावनी डब्ल्यूएचओले दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here