ज्योति लाइफको आइपीओ निष्कासन मिति सर्‍यो, अब कहिले ?

काठमाडौं, १८ फागुन । ज्योति लाइफ इन्स्योरेन्सले प्राथमिक साधरण शेयर (आइपीओ) निष्कासन मिति परिवर्तन गरेको छ ।

आइतबारदेखि शेयर निष्काशन गर्दा सिडीएसको प्रणालीमा लोड भई ईडिआईएस गर्न समस्या हुने देखिएपछि मिति परिवर्तन भएको हो ।

कम्पनीले यस अघि फागुन २३ गते आइतबारदेखि आइपीओ निष्कासन गर्ने तयारी गरेकोमा अब फागुन २१ गते शुक्रबारदेखि नै शेयर निष्कासन गर्नेछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो ।

कुल निष्काशित आइपीओमध्ये ५ प्रतिशत (३ लाख ३० हजार कित्ता) कर्मचारी र अर्को ५ प्रतिशत (३ लाख ३० हजार कित्ता) नै सामूहिक लागनी कोषहरुलाई छुट्याइएको छ ।

बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् । लगानीकर्ताले फागुन २६ गतेसम्म आवेदन दिन सक्ने छन्।

फागुन २४ गते महिला दिवस र २२ गते शनिवारको सार्वजनिक विदा परेकोले कम्पनीको आईपिओ कुल ६ दिन बिक्रि खुला रहने छ ।

सो अवधिभित्र विक्री नभएका भने ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

यस अघिका आईपिओ पनि शुक्रबार नै बिक्रि खुला भएका थिए । सिडीएसले पछिल्लो समय आईपिओ बिक्रि खुला शुक्रबारदेखि गर्ने र बाँडफाँड पनि शुक्रबार नै गर्ने अभ्यास थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here