मोलुङ्ग हाइड्रोले आइपीओ निष्काशन गर्ने, बिक्री प्रवन्धकमा सनराइज क्यापिटल

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीले साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । आइपीओ निष्काशनको लागि मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड र सनराइज क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ ।

हाइड्रोपावर कम्पनीको तर्फवाट प्रबन्ध संचालक अमृत कुमार महर्जन तथा सनराइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हाइड्रोपावर कम्पनीको रजिष्टर्ड कार्यालय रविभवनमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

आइपीओ निश्कासनको लागि सनराइज क्यापिटल लिमिटेललाई निश्कासन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको अकिंत दरको ३५ लाख ३१ हजार कित्ता सेयर जारी गर्ने लागेको हो ।

कुल कित्ताको स्थानीय प्रभावित क्षेत्र ओखलढुङ्गाका वासिन्दाहरुलाई ८ लाख २ हजार ५ सय कित्ता छुट्टयाईएको छ । मोलुङ्ग हाइड्रोपावर कम्पनीले ७ मे.वा. क्षमताको मोलुङ्गखोला जलविद्युत आयोजनाबाट मिति २०७४/१२/१२ गतेबाट ब्यापारिक विद्यृत उत्पादन सुरु गरी संचालनमा रहेको छ ।

मिति २०७७/१०/२५ गते सम्पन्न कम्पनीको ११ औ बार्षिक साधारणसभाबाट कम्पनीको अधिकृत पूंजी बृद्धि गरी एक अर्ब र जारी पूंजी बृद्धि गरी अस्सी करोड पच्चीस लाख कायम गर्ने निर्णय गरियो ।

उक्त निर्णय पश्चात सेयर संरचना अन्तर्गत जारी पूंजीमा ५६% अर्थात ४४,९४,००० कित्ता संस्थापक शेयर र ४४% अर्थात ३५,३१,००० कित्ता सर्वसाधारण सेयरको सार्वजनिक निष्काशनबाट पूंजी कायम गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here