शेयर बजार राताम्मै : लाभांश घोषणाले टेलिकममा झुम्मिए लगानीकर्ता, दुई कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं, १९ फागुन । साताको चौंथो कारोबार दिन आजपनि शेयर बजार राताम्मै भएको छ । आज नेप्से परिसूचक ३९.२३ अंकले घटेर २४१६.२३ अंकमा झर्यो । यो संख्या सोमबारको तुलनामा १.६० प्रतिशत कम हो ।

मंगलबारको तुलनामा बुधबार कारोबार रकममा भने वृद्धि भएको छ । आज २१२ कम्पनीको १ करोड १३ लाख ९२ हजार १३५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २५ करोड ४८ लाखको कारोबार भयो ।

बुधबार दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । आज साल्ट ट्रेडिङ र चन्द्रागिरी हिल्सको मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यी दुवै कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा एशियन लाइफ इन्स्योरेन्सका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ६.३६ प्रतिशत घट्यो । नेपाल हाइड्रो डेभलपर्सका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ७।३१ प्रतिशत घट्यो ।

बुधबार सबैभन्दा धेरै कारोबार नेपाल दुरसञ्चार कम्पनीले गर्यो । कम्पनीले २९ करोड ९७ लाखको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here