शेयर बजारको ओरालो यात्रा कायमै, बुधबार कति भयो ‘निफ्रा’ को शेयर किनबेच ?

काठमाडौं, १९ फागुन । शेयर बजारमा बुधबार पनि उच्च अंकको गिरावट आएको छ । पछिल्लो दुईसाता यता निरन्तर ओरालो लागेको बजारले आफ्नो यात्रा कायमै राखेको हो ।

लामो समयदेखि बुलिस ट्रन्डमा रहेको शेयर बजार पछिल्लो दुई सातायता लगातार घट्न थालेपछि लगानीकर्ताको मनोबल घट्दै गएको देखिन्छ ।

बुल ट्रेन्डमा रहेको बजार बीचबीचमा करेक्शन आउनु सामान्य भए पनि दैनिक उच्च अंकले गिरावट आउँदा भने लगानीकर्ता हतोत्साहित हुँदै गएको आकलन गर्न थालिएको छ ।

कारोबारमा आएका १३ वटै समूहमध्ये होटल र व्यापार समूह बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएका छन् । पछिल्लो समय चर्चामा रहेको नेपाल इन्फास्टेक्चर बैंकको शेयर मूल्य पनि निरन्तर ओरोलो लागेको छ ।

बुधबार निफ्राको शेयर मूल्य प्रतिकित्ता ७ रुपैयाँ घट्यो । ५१५रुपैयाँ प्रतिकित्तामा कारोबार सुरु भएको बैंकको शेयर मूल्य प्रतिकित्ता ७ रुपैयाँ घट्दै ५०८ रुपैयाँमा कारोबार बन्द भएको छ ।

त्यसदिन बैंकको २१ करोड ७५ लाख ८८ हजार ८५२ बराबरको ४ लाख २८ हजार ४८ कित्ता सेयर खरिद–बिक्री भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here