थप ८७ जनामा कोरोना संक्रमण पुष्टि, ६२ जना डिस्चार्ज

काठमाडौं, १९ फागुन । नेपालमा थप ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ३८१ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६२ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ६०५ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या ७ सय ६६ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here