अर्थतन्त्रको आकार बढ्यो, प्रतिव्यक्ति आय ११३४ डलर

– जितेन्द्र खनाल

काठमाडौं, २० फागुन । नेपालको अर्थतन्त्रको आकार बढेको छ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय लेखा तथ्यांकको आधार वर्ष परिवर्तन गरेसंगै नेपालको अर्थतन्त्रको आकार बढेको हो ।

आधार वर्ष सन् २०००/२००१ को आधारमा ३७ खर्ब ६७ अर्बको रहेको नेपालको अर्थतन्त्रको आकार आधार वर्ष परिवर्तन भएर २०१०/२०११ हुँदा अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब पुगेको हो ।

प्रतिव्यक्ति आय ११३४ डलर

राष्ट्रिय लेखा तथ्यांकको आधार वर्ष परिवर्तनले नेपालीको प्रतिव्यक्ति आय पनि बढाएको छ । आधार वर्ष सन् २०००/०१ हुँदा नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ डलर हुने भनिएकोमा नयाँ आधार वर्षअनुसार नेपालीको प्रतिव्यक्ति आय ११३४ डलर पुगेको विभागको तथ्यांकले देखाउछ ।

अघिल्लो वर्षको तुलनामा भने प्रतिव्यक्ति आय २५ डलर घटेको छ । अघिल्लो वर्ष नेपालीको प्रतिव्यक्ति आय ११५९ डलर थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here