इन्फ्रास्ट्रकचर बैंकको शेयर मूल्यमा पोजेटिभ सर्किट, कति पुग्यो प्रतिकित्ता ?

काठमाडौं, २० फागुन । नेपाल इन्फ्रास्ट्रकचर बैंकको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विहिबार २:३० बजेसम्ममा कम्पनीको शेयर मुल्य ९.८४ प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको हो ।

आज इन्फ्रास्ट्रकचर बैंकको शेयर मूल्य प्रतिकित्ता ५० रुपैयाँ बढेर ५५८ रुपैयाँ पुगेको छ । बैंकले माघ २ देखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको थियो । बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो।

जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो ।

बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका थिए । नेपाली पुँजीबजारमा आएको यो नै हालसम्म कै ठुलो आईपिओ हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here