विहिबार लगानीकर्ताको रोजाइमा ‘निफ्रा’ को शेयर, कति भयो किनबेच ?

काठमाडौं, २० फागुन । साताको कारोबार हुने अन्तिम दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर लगानीकर्ताको रोजाइमा परेको छ ।

विहिबार पोजेटिभ सर्किट लागेको निफ्राको शेयर कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा पहिलो नम्बरमा देखिएको छ ।

त्यसदिन निफ्राको ५३ करोड २३ लाख ९० हजार ६७६ रुपैयाँ बराबरको ९ लाख ८९ हजार ४९१ कित्ता शेयर खरिद–बिक्री भएको छ । ५०८ रुपैयाँमा कारोबार शुरु भएको शेयर ४५ रुपैयाँ बढेका ५५२ रुपैयाँमा करोबार बन्द भएको छ ।

बैंकले माघ २ देखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको थियो । बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो।

जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो ।

बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका थिए । नेपाली पुँजीबजारमा आएको यो नै हालसम्म कै ठुलो आईपिओ हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here