तस्कर र प्रहरीबीच गोली हानाहान, एकको मृत्यु

काठमाडौं, २० फागुन । कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान भएको छ।

लागुऔषध बोकेर नेपाल आइरहेका भारतीय तस्कर र प्रहरीबीच बेलौरी नगरपालिका–७ टेडुवा सीमा क्षेत्रमा बिहीबार बेलुकी गोली हानाहान भएको हो।

गोली लागि घाइते भएका भारतीय युवक गोविन्द सिहको उपचारका क्रममा बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको प्रहररुले जनाएको छ ।

प्रहरी कार्यालय बेलौरीबाट गएको टोलीमाथि भारतीय तस्करले गोली चलाएपछि नेपाल प्रहरीले जवाफी कारवाही स्वरुप गोली चलाएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here