मेरो शेयरमा समस्या आउँदा लागनीकर्तालाई ज्योति लाइफको आइपीओ भर्न सास्ती

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले प्राथमिक साधरण शेयर (आइपीओ) आजबाट खुल्ला गरेको छ । कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीको ५९ लाख ४० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था छ । तर, मेरो शेयर एपमा समस्या आउदा आइपीओ भर्नको लागि लागनीकर्तालाई समस्या भएको छ ।

आइपीओ भर्ने मानिसको चाप बढेसंगै मेरो शेयरमा समस्या देखिएको छ । सहज रुपमा नखुल्ने समस्या भएको कारण आइपीओ भर्न समस्या भएको गुनासो लागनीकर्ताहरुको आएको छ ।

यो आइपीओमा फागुन २६ गतेसम्म आवेदन दिन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here