मेयर कप क्रिकेट भोलीदेखि, विजेतालाई ५ लाख

काठमाडौं । शनिबारबाट कीर्तिपुरको क्रिकेट रंगशालामा मेयर्स कप क्रिकेट सुरु हुने भएको छ । ५० ओभरको प्रतियोगिता सिंगल राउण्ड रोविनका आधारमा हुनेछ ।

फागुन २९ गते सम्पन्न हुने प्रतियोगिताका लागि धेरैजसो टीमको घोषणा भइसकेको छ ।

काठमाडौं महानगरपालिकाको सहयोग र नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा खेल सञ्चालन हुनेछ । पाँच टिमको सहभागिता रहने प्रतियोगितामा विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त बताईएको छ ।

प्रतियोगितामा सहभागी खेलाडीले म्याच फी स्वरुप दुई हजार रुपैयाँ पाउनेछन् । संघले खेलाडीहरुलाई खाने बस्ने व्यवस्था समेत गरेको छ ।

प्रतियोगिताका लागि करीब ६५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यसमध्ये काठमाडौं महानगरपालिकाले ५० लाख रुपैयाँ प्रदान गर्नेछ । गएको माघ २० गते क्रिकेट सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here