नेपाल भित्रिदै जोङसेनका मोटरसाइकल, ब्राण्ड एम्बेस्टर कक्रोज

काठमाडौं । चीनीयाँ मोटरसाइकल कम्पनी जोङसेनका मोटरसाइकल नेपाल भित्रने भएका छन् । रिजोन मोर्टसले शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जोङसेनका मोटरसाइकल नेपाल भित्रिने जानकारी दिएको हो ।

जोङसेनका मोटरसाइकलको नेपालको लागि आधिकारीक वितरक रिजोन मोर्टस रहने छ । कार्यक्रममा रिजोन मोर्टसका निर्देशक खगेन्द्र बस्नेतले नेपाली वातावरण सुहाउदो भएको कारण जोङसेन नेपालमा सफल हुने बताए ।

‘जोङसेनका मोटरसाइकलहरु नेपालको वातावरण सुहाँउदो छ, यसलाई नेपालमा औधी मन पराईने विश्वास राखेका छौं ।’ उनले भने, ‘हामीले जोङसेनका २ लाखदेखि ८ लाखसम्म पर्ने मोटरसाइकल र स्कुटर ल्याउदै छौं ।’

जोङसेनका मोटरसाइकल तथा स्कुटर २०७८ को असार महिनाबाट नेपाली बजारमा उपलब्ध हुने र पहिलो चरणमा २ वटा मोटरसाइकल र १ वटा स्कुटर ल्याउने ृनले बताए ।

मोटरसाइकल यूरो ४ को मापदण्डमा रहेको बताउदै यसको लुक्स र मूल्यको कारण धेरैको मन तान्ने निर्देशक बस्नेतले बताए ।

‘हामीले ल्याउने भनिएको मोटरसाइकल र स्कुटर यूरो ४ मापदण्डमा रहने छ’ बस्नेतले भने, ‘यसको मूल्य र नयाँ लुक्सको कारण धेरैको ध्यान केन्द्रित गर्छ ।’

कम्पनीले जोङसेनको ब्राण्ड एम्बेस्टरमा कलाकार हरी प्रसाद निरौला (कक्रोज) लाई नियुक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here