यस्ता छन् पालुंगोको सागले स्वाथ्यमा पुर्याउने अनेक फाइदाहरु

काठमाडौं । पालुंगोको सागको स्वाद अरु साग भन्दा बेग्लै हुने भएकाले मानिसहरु यसलाई औधी मन पराउछन् । पालुंगोको साग स्वादको लागी मात्र नभएर स्वास्थ्यको लागी पनि निकै लाभदायक छ ।

पालुंगोमा पौष्टिक तत्व धेरै मात्रामा पाइन्छ । पालुंगोको सागले हामीलाई धेरै प्रकारका रोगहरुबाट बचाउन मद्धत गर्छ ।

यस्ता छन् पालुंगोको साग खानुको फाइदा

१. पालुंगोको सागमा क्याल्सियम, फलाम मात्र होइन भिटामिन ए, बी, सी जस्ता विभिन्न भिटामिन समेत पाइन्छ । त्यसैले पालुंगोलाई शरीरको संरक्षक खाद्य पदार्थ हो ।

२. पालुंगोको सागको रसलाई नियमित रुपमा नरिवलको पानीमा मिलाएर हरेक विहान पिउनाले मिर्गौलामा परेको पत्थरी हटाउन सहयोग पुग्छ ।

३. पालुंगोको सागको रसमा सिधेनुन मिलाएर नियमित पिउनाले दम तथा श्वाश प्रश्वाशका रोगीलाई फाइदाजनक हुन्छ ।

४. नियमित रुपमा पालुंगोको साग खानाले स्मरण शक्ति बढनुका साथै आयोडिनका कारण दिमागी थकान समेत कम गर्न मद्दत गर्छ।

५. जण्डिसका रोगीले पालुंगोको साथ काँचै चपाउनु निकै फाइदाजनक हुन्छ ।

६. रक्तचाप कम हुने समस्या भएकाहरुले दिनहुँ पालुंगोको साग सेवन गर्नुपर्छ ।

७. थाइराइडको समस्या भएकाहरुका लागि समेत पालुंगोको सागको सेवनले फाइदा गर्छ ।

८. पालुंगो साग वायु कारक, शीतल, कफ बढाउने, श्वास, पित्त, रक्त बिकार एवं ज्वरोलाई हटाउन मद्दत गर्छ।

९. पालुंगोको तरकारी सामान्यत रुचिकर तथा छिट्टै पच्ने खालको हुन्छ । यसको बीउ शीतल दिने खालको हुन्छ । श्वाश फेर्न कठिनाइ भएको, कलेजो सुन्निने भएकाहरुका लागि यसको तरकारी उपयोगी हुन्छ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here