नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्धारा ‘ नेपाल स्नेही काख’ लाई आर्थिक सहयोग

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सेवा शुभारम्भको दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा नेपाल स्नेही काख लाई रु. तीन लाख सहयोग गरी आफ्नो दोस्रो वार्षिक उत्सव मनाएको छ ।

उक्त सहयोग रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रामकृष्ण खतिवडाज्यु ले नेपाल स्नेही काखका श्रीनेहा पोखरेल लाई हस्तान्तरण गरे ।

मानसिक एवं शारिरिक रुपमा असक्त एवं समाजबाट अवहेलानामा परेका बालबालिका, युवा युवती, बृद्धबृद्धा लगायतलाई शिक्षा, स्वास्थ्य, आवास सहित हेरचाह गर्ने उद्देश्य लिई स्थापना भएको नेपाल स्नेही काखमा हाल ६५ जनाले आश्रय लिईराखेका छन् ।

बैंकले प्रदान गरेको यो रकम उक्त संस्थाले बनाउन लागेको नयाँ आश्रय स्थलको पूर्वाधार निर्माणमा खर्च हुुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here