नारायणगढ-मुग्लिङ सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने

चितवन, २२ फागुन । नारायणगढ-मुग्लिङ सडकखण्ड आउँदो आइतबारदेखि एक सातासम्म दैनिक साढे ४ घण्टा बन्द हुने भएको छ ।

सडक खण्डको चार किलो भन्ने स्थानमा पहिरो रोकथामको बाँकी काम हुने भएकाले फागुन २३ देखि २९ गते सम्म दैनिक साढे घण्टा सडक बन्द हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार बिहान १०:३० देखि ३ बजेसम्म सडक दुइतर्फी रूपमै बन्द हुनेछ ।

सो अवधिभर नारायणगढ तर्फबाट गएका सवारी साधन जलबिरे र मुग्लिङतर्फबाट आउने सवारी साधनलाई मुग्लिङ नजिक शान्तिबजारमा रोकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीले त्यस अवधिमा सम्भव भएसम्म वैकल्पिक सडकमार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here