काठमाडौं, २३ फागुन । चन्द्रागिरी हिल्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । साताको पहिलो दिन आइतबार चन्द्रागिरी हिल्सको शेयर मूल्य ९.९२ प्रतिशत बढेसँगै पोजेटिभ सर्किट लागेको हो ।
पोजेटिभ सर्किट लागेको हिल्सको शेयर मूल्य ६० रुपैयाँले बढ्दै प्रतिकित्ता ६६५रुपैयाँ पुगेको छ ।