प्रभु बैंकको बोनस शेयर डिम्याट खातामा

काठमाडौं, २३ फागुन । प्रभु बैंकले बोनस सेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ ।

बैंकले पुष १० गतेसम्म भौतिक शेयर अभौतिकीकरण गराएका शेयरधनीरुको हितग्राही खातामा सो बोनस शेयर जम्मा गरेको हो।

गत पुसन २६ गते सम्पन्न बैंकको १९ औँ वार्षिक साधारण सभाले सो दरमा बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। साथै हालसम्म बोनस शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई शीघ्र शेयर अभौतिकीकरण गराई बोनस शेयर प्राप्त गर्न बैंकले अनुरोध गरेको छ।

बैंकको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ।