आई पे डिजिटल वालेटलाई राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमति

काठमाडौं, २३ फागुन । नेपाल राष्ट्र बैंकले डिजिटल वालेट कम्पनी आई पे डिजिटल वालेटलाई भुक्तानी सेवा प्रदायकको अनुमति प्रदान गरेको छ ।

बैंकले भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७२ बमोजिम दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवा प्रदान गर्ने कार्यको लागि भुक्तानी सेवा प्रदायकको अनुमति दिएको हो ।

सन् २०१० देखि नेपालमा सञ्चालन गर्दै आएको गुणस्तरीय र व्यवस्थित सेवा आईपेलाई अनुमतिपत्र दिएकोमा आई–पेका अध्यक्ष अमृतमान तुलाधरले खुशी व्यक्त गरे ।

‘यसबाट हामीले नेपालको सन्दर्भमा नगदरहित डिजिटल भुक्तानी प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै अझ राम्रो गर्दै जान प्रोत्साहन गरेको अनुभूती गरेका छौं,’ उनले भने ।

आई–पे अनलाइन भुक्तानी द्वार र डिजिटल वालेट हो । जसले प्रयोगकर्ताहरुलाई इन्टरनेटको माध्यमबाट विभिन्न वस्तु तथा सेवा विभिन्न व्यवसायीबाट अनलाइन खरिद गर्न र सो को भुक्तानी पनि आई पे डिजिटल वालेटमार्फत सजिलै अनलाइन नै गर्न सकिने गरी मध्यस्थता गर्दछ।

त्यस्तै आई–पेका प्रमुख कार्यकारी अधिकृत अमिर महर्जनका अनुसार देशैभरी आई–पेका पाँच लाखभन्दा बढी सक्रीय प्रयोगकर्ता रहेका छन् भने एक हजारभन्दा बढी मेहनती एवम् क्रियाशील एजेन्ट रहेका छन् ।

विगत एक दशकदेखि मोबाइल रिचार्जरटपअप, बिजुली र पानीको बिल, इन्टरनेट तथा टेलिभिजनको बिल, फिल्म हलको टिकेटिङ, प्लेनको टिकेटिङ आदी लगायत ई–कमर्समार्फत् किनिएको सामान तथा सेवाको अनलाइन भुक्तानी गर्ने सेवा प्रदान गर्दै आएको छ।

अबका दिनमा प्रयोगकर्ताहरुको दैनिकी सहज बनाउन थप नवीनतम् डिजिटल वित्तीय सेवाहरु प्रदान गर्ने कम्पनीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here