आइपिएल २०२१ अप्रिल ९ बाट, पहिलो खेलमा मुम्बई र बैङ्ग्लोर भिड्ने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)को आगामी संस्करण ९ अप्रिल (२७ चैत)बाट हुने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले आगामी संस्करणको आइपिएल ९ अप्रिलदेखि सुरु हुने जनाएको छ ।

आइपिएल भारतका प्रमुख सहर अहमदाबाद, बैङ्गलुरु, चेन्नई, दिल्ली, मुम्बई र कलकत्तामा हुनेछ । उद्घाटन खेलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैङ्ग्लौरले खेल्नेछन् । ३० मेमा फाइनल खेल हुनेछ । उपाधि भिडन्त विश्वकै सबैभन्दा ठूलो अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा हुने बिसिसिआईले जनाएको छ ।

लिग चरणमा प्रत्येक टोलीले चार क्रिकेट मैदानमा खेल्नेछ । लिग चरणमा कुल ५६ खेल हुनेछ । कलकत्ता, मुम्बई, चेन्नई र बेङ्ग्लौर गरी चारवटै रङ्गशालाले दस–दस खेल आयोजना गर्नेछ । अहमदाबाद र दिल्लीले आठ–आठ खेल आयोजना गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here