आइतबार सर्वाधिक कारोबार गर्नेमा ‘निफ्रा’, कति भयो किनबेच ?

काठमाडौं, २३ फागुन । साताको पहिलो दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर लगानीकर्ताको रोजाइमा परेको छ ।

आइतबार निफ्राको शेयर कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा पहिलो नम्बरमा देखिएको छ ।

त्यसदिन निफ्राको ४२ करोड ७८ लाख ४० हजार ९२४ रुपैयाँ बराबरको ७ लाख ७९ हजार १७१ कित्ता शेयर खरिद–बिक्री भएको छ । ५५२ रुपैयाँमा कारोबार शुरु भएको शेयर १० रुपैयाँ घटेर ५४२ रुपैयाँमा करोबार बन्द भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here