ला लिगा : आज एथ्लेटिको मड्रिड र रियल मड्रिड भिड्दै

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा आज शिर्ष स्थानको एथ्लेटिको मड्रिडले तेस्रो स्थानको रियल मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाली समय अनुसार राती ९ बजे हुने यी दुईबीचको खेल निकै प्रतिस्पर्धात्मक तथा रोमाञ्चक हुने अपेक्षा गरिएको छ । जारी सिजन २४ खेल खेलेको एथ्लेटिको मड्रिड १८ खेलमा जीत निकाल्नुका साथै ४ खेल बराबरी रु २ खेलमा पराजित भएको छ । शिर्ष स्थानको एथ्लेटिको मड्रिडको ५८ अंक रहेको छ ।

यता २५ खेल खेलिसकेको रियलले १६ मा जीत निकाल्दा ४ खेलमा पराजय भोगेको थियो भने ५ खेल बराबरीमा सकिएको थियो। रियलले जारी लिगमा ५६ अंक जोडेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here